पहिलो लेखमा हामीले नेपालमा बसेर अनलाइन कमाउने विभिन्न माध्यमहरूको बारेमा चर्चा गर्यौँ, जसमा फ्रिलान्सिङ (Freelancing) अग्रपंक्तिमा थियो। धेरै पाठकहरूले सोध्नुभयो—"दाजु, सीप त अलिअलि छ, तर यो Fiverr वा Upwork मा एकाउन्ट कसरी बनाउने? काम कसरी पाउने?"
वास्तवमा, अनलाइन बजारमा एकाउन्ट बनाउनु फेसबुक आईडी खोले जस्तो सजिलो पक्कै छैन। यहाँ तपाईंले आफूलाई एउटा भरपर्दो ब्रान्डको रूपमा प्रस्तुत गर्नुपर्छ, ताकी सात समुद्र पारि बसेको ग्राहकले तपाईंको अनुहार नदेखे पनि तपाईंको काममा विश्वास गरेर डलर खर्च गर्न तयार होस्। आजको यस विस्तृत गाइडमा म तपाईंलाई नेपालबाटै सुरक्षित रूपमा Fiverr र Upwork एकाउन्ट सेटअप गर्ने, प्रोफाइल स्वीकृत गराउने र पहिलो अर्डर आकर्षित गर्ने 'प्रमाणित' तरिकाहरू सिकाउनेछु।
Fiverr एउटा यस्तो बजार हो जहाँ तपाईंले आफ्नो सीपलाई एउटा उत्पादन (जसलाई Gig भनिन्छ) को रूपमा सजाएर राख्नुहुन्छ र ग्राहकहरू आफैँ तपाईंलाई खोज्दै आउँछन्। नयाँ सुरुवातकर्ताका लागि यो सबैभन्दा उत्तम प्लेटफर्म हो।
• Fiverr.com मा जानुहोस् र आफ्नो आधिकारीक Gmail प्रयोग गरेर 'Join' गर्नुहोस्।
• प्रयोगकर्ता नाम (Username): आफ्नो वास्तविक नाम वा सीपसँग मिल्दो नाम राख्नुहोस् (जस्तै: deepak_coder वा paudyal_designs)। फेन्सी नामहरू (coolboy55, angelpriya) राख्ने गल्ती कत्ति पनि नगर्नुहोस्, यसले अपरिपक्व देखाउँछ।
• प्रोफाइल फोटो: एउटा प्रष्ट, उज्यालो र मुस्कुराइरहेको आफ्नो वास्तविक फोटो राख्नुहोस्। ब्याकग्राउन्ड सफा हुनुपर्छ। गुगलबाट डाउनलोड गरिएका वा एनिमे (Anime) फोटोहरू राखेमा प्रोफाइल तुरुन्तै रिजेक्ट हुन्छ।
• Description: यहाँ तपाईं को हुनुहुन्छ, कुन सीपमा दक्ष हुनुहुन्छ र ग्राहकलाई कसरी मद्दत गर्न सक्नुहुन्छ भन्ने कुरा प्रष्ट लेख्नुहोस् (जस्तै: "Hi, I am Deepak, a backend developer specializing in Supabase and modern web technologies with 2 years of experience...")।
• Skills: आफूले जानेका सफ्टवेयर वा सीपहरू (जस्तै: WordPress, HTML, CSS, JavaScript, SEO) थप्नुहोस् र आफ्नो स्तर 'Expert' राख्नुहोस्।
• Gig Title: यो एकदमै आकर्षक हुनुपर्छ र यसमा मुख्य कीवर्ड हुनुपर्छ। जस्तै: I will design a fully responsive WordPress blog for your business.
• Pricing (मूल्य निर्धारण): सुरुमै धेरै महँगो मूल्य नराख्नुहोस्। सुरुवाती चरणमा $5 देखि $15 सम्मका ३ वटा प्याकेजहरू (Basic, Standard, Premium) बनाउनुहोस्।
• Gig Image: Canva को प्रयोग गरेर सफा, उज्यालो र आफूले दिने सेवाका मुख्य बुँदाहरू प्रष्ट देखिने थम्बनेल बनाएर अपलोड गर्नुहोस्।
Upwork अलि एड्भान्स र प्रिमियम फ्रिलान्सरहरूका लागि हो। यहाँ ग्राहकहरूले कामको post (Job Post) हाल्छन् र तपाईंले आफ्नो तर्फबाट प्रस्ताव (Proposal) पठाएर काम माग्नुपर्ने हुन्छ।
• Upwork.com मा साइन-अप गरेपछि यसले तपाईंको विवरण सोध्छ। यहाँ आफ्नो विवरण एकदमै स्पष्ट राख्नुहोस् (जस्तै: Full-Stack Web Developer & Supabase Expert)।
• Overview (परिचय): यहाँ कथा जस्तो लामो नलेखिकन ग्राहकको समस्या कसरी समाधान गर्नुहुन्छ, त्यो बुँदागत रूपमा लेख्नुहोस्। (उदाहरण: "Looking for a fast, secure website? I can build it using WordPress or React with a clean Supabase backend...")।
• नयाँ प्रोफाइलमा काम पाउन गाह्रो हुने हुनाले तपाईंले पहिले नै अभ्यासका लागि बनाएका प्रोजेक्टहरू, डिजाइनहरू वा डेमो वेबसाइटहरूको स्क्रिनसट र लिङ्क Portfolio सेक्सनमा अनिवार्य रूपमा थप्नुहोस्।
• Identity Verification: नेपालको नागरिकता वा राष्ट्रिय परिचयपत्र अपलोड गरेर आफ्नो प्रोफाइल भ्यालिडेट (Blue Tick) गराउनुहोस्। यसले प्रोफाइलको विश्वसनीयता १० गुणा बढाइदिन्छ।
Upwork मा काम पाउन 'Cover Letter' वा प्रस्तावको ठूलो भूमिका हुन्छ। धेरैले एआई (AI) बाट जेनेरेट गरेको कपी-पेस्ट प्रस्ताव पठाउँछन्, जुन ग्राहकले तुरुन्तै चिन्न सक्छन्।
• Real तरिका: ग्राहकको post राम्रोसँग पढ्नुहोस्। उसको समस्या के हो, त्यसलाई पहिलो दुई हरफमै उल्लेख गर्नुहोस् र तपाईं कसरी समाधान गर्नुहुन्छ भन्नुहोस्। (जस्तै: "Hi, I saw you are facing issues with your database connection. In my previous project, I solved a similar issue by optimizing the API routes...")।
Fiverr र Upwork दुवैले नेपालका बैंकहरूमा सोझै पैसा पठाउने सुविधा दिँदैनन्। यसका लागि तपाईंले internation wallet प्रयोग गर्नुपर्छ:
१. Payoneer (पायोनियर): यो संसारकै सबैभन्दा भरपर्दो माध्यम हो। पायोनियरमा फ्री एकाउन्ट बनाएर त्यसलाई आफ्नो Fiverr र Upwork सँग जोड्नुहोस्।
२. नेपाली बैंक खाता जोड्ने: पायोनियरमा डलर आइसकेपछि, त्यसलाई तपाईंले नेपालको जुनसुकै वाणिज्य बैंक (जस्तै ग्लोबल आइएमई, नबिल, एनआइसी एसिया) को खातामा सिधै ट्रान्सफर गर्न सक्नुहुन्छ।
३. connectIPS को भूमिका: एकपटक पैसा नेपाली बैंक खातामा आइसकेपछि, नेपालभित्र व्यवसायिक खर्चहरू व्यवस्थापन गर्न, राजस्व वा कर तिर्न र अन्य खातामा २४ सै घण्टा तुरुन्तै फण्ड ट्रान्सफर गर्न connectIPS हजुरको डिजिटल सारथी बन्नेछ।
फ्रिलान्सिङ सुरु गर्नु भनेको एउटा नयाँ व्यापार सुरु गर्नु जस्तै हो। एकाउन्ट बनाउने बित्तिकै भोलिपल्टै डलरको वर्षा हुँदैन। सुरुका केही हप्ता वा महिना तपाईंले आफ्नो प्रोफाइल सुधार्न, नयाँ सीप सिक्न र धैर्यताका साथ प्रस्तावहरू पठाइरहनु पर्छ। एकपटक पहिलो फाइभ-स्टार (5-Star Rating) रिभ्यु पाउनुभयो भने, त्यसपछि काम र कमाइ दुवैको रफ्तार रोकिने छैन।