मुख्य सामग्रीमा जानुहोस्

सूचना पट्टी

eSewa र Khalti मा राष्ट्रिय परिचयपत्र (NID) कसरी अपडेट गर्ने? (सजिलो तरिका)

November 16, 2026 लेखक: Deepak Paudyal
esewa-khalti-nid-update
esewa-khalti-nid-update

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूसँगै डिजिटल वालेटहरूले पनि आफ्ना ग्राहकहरूको राष्ट्रिय परिचयपत्र (National ID - NID) विवरण अपडेट गराउन थालेका छन्। अब डिजिटल वालेट प्रयोगकर्ताहरूले आफ्नो KYC सँगै राष्ट्रिय परिचयपत्र (NID) पनि लिंक गर्न अनिवार्य हुँदै गइरहेको छ। यसो नगर्दा भविष्यमा कारोबार रोकिन सक्ने सम्भावना रहन्छ... यदि तपाईं पनि eSewa र Khalti प्रयोग गर्नुहुन्छ भने आफ्नो खाता सुरक्षित र पूर्ण रूपमा प्रमाणित राख्न आजै आफ्नो NID विवरण अपडेट गर्नुहोस्। 

यहाँ दुवै वालेटमा राष्ट्रिय परिचयपत्र अपडेट गर्ने सरल र चरणबद्ध प्रक्रिया दिइएको छ:


१. eSewa मा राष्ट्रिय परिचयपत्र अपडेट गर्ने तरिका

Esewa NID Update

यदि तपाईं eSewa प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो एप अपडेट गरी निम्न चरणहरू पालना गर्नुहोस्:

• एप खोल्नुहोस् र खोज्नुहोस्: सबैभन्दा पहिले eSewa एप लगइन गर्नुहोस् र माथि रहेको सर्चबारमा "NID" टाइप गरी सर्च गर्नुहोस्।

• परिचयपत्र भएको अवस्थामा: यदि तपाईंसँग राष्ट्रिय परिचयपत्र नम्बर वा कार्ड छ भने 'Yes, Update my details' विकल्प चयन गर्नुहोस्।

• कार्ड स्क्यान वा म्यानुअल इन्ट्री: यदि भौतिक कार्ड छ भने सिधै स्क्यान गर्न सक्नुहुन्छ, जसले गर्दा १० सेकेन्डमै विवरणहरू भरिन्छन्। कार्ड नभई नम्बर मात्र छ भने 'Enter Details Manually' मा गएर विवरण भर्न सक्नुहुन्छ।

• परिचयपत्र नभएको अवस्थामा (स्वघोषणा): यदि तपाईंले अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनुभएको छैन वा नम्बर पाउनुभएको छैन भने 'No, I don't have one yet' मा ट्याप गर्नुहोस् र त्यहाँ दिइएको बक्समा टिक लगाई 'Submit self declaration' बटनमा क्लिक गर्नुहोस्।


२. Khalti मा राष्ट्रिय परिचयपत्र अपडेट गर्ने तरिका

Khalti NID Update

Khalti एपमा आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अपडेट गर्न यी चरणहरू पछ्याउनुहोस्:

• अपडेट अप्सनमा जानुहोस्: Khalti एपको होमपेजमै देखिने 'Update NID' विकल्पमा ट्याप गर्नुहोस्।

• विवरणहरू भर्नुहोस्: आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर (NID Number), प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर सही रूपमा भर्नुहोस्।

• फोटो अपलोड गर्नुहोस्: आफ्नो राष्ट्रिय परिचयपत्रको अगाडि र पछाडिको स्पष्ट फोटो खिचेर अपलोड गर्नुहोस्।

• कन्फर्म गर्नुहोस्: सबै विवरण रुजु गरिसकेपछि 'Confirm' बटनमा ट्याप गर्नुहोस्। यति गरेपछि तपाईंको खाता भेरिफिकेसन प्रक्रियामा जानेछ।


⚠️ हाल देखिएका केही प्राविधिक समस्या र कमजोरीहरू

NID Update Issue

यो नयाँ फिचर भएकाले दुवै वालेटमा प्रयोगकर्ताहरूले केही व्यवहारिक समस्याहरू भोगिरहेका छन्, जसलाई वालेटहरूले आगामी दिनमा सुधार्नुपर्ने देखिन्छ:

1. eSewa मा जारी मितिको अनिवार्य व्यवस्था: eSewa ले NID अपडेट गर्दा परिचयपत्र जारी भएको मिति अनिवार्य राख्नुपर्ने बनाएको छ। तर, भौतिक कार्ड नपाएका र अनलाइनबाट डाउनलोड गरिने 'प्रोभिजनल राष्ट्रिय परिचयपत्र' (eNID) मात्र भएका नागरिकको कागजातमा जारी मिति हुँदैन। यस्तो अवस्थामा के गर्ने भन्ने स्पष्ट विकल्प एपमा उपलब्ध छैन।

2. Khalti मा 'स्वघोषणा' को अभाव: Khalti मा राष्ट्रिय परिचयपत्रका लागि आवेदन नै नदिएका वा नम्बर प्राप्त नगरेका ग्राहकका लागि कुनै विकल्प राखिएको छैन। साथै, यसमा भौतिक कार्डको फोटो अपलोड गर्नैपर्ने बाध्यता भएकाले eNID मात्र भएका प्रयोगकर्ताहरू अलमलमा परेका छन्।

डिजिटल बैंकिङलाई सुरक्षित बनाउने यो सरकार र वालेटहरूको राम्रो कदम भए पनि प्राविधिक कमजोरीहरूलाई चाँडै समाधान गर्नुपर्ने देखिन्छ। यदि तपाईंको NID नम्बर छ भने ढिला नगरी आजै अपडेट गर्नुहोस्। आफ्नो वालेट प्रोफाइललाई अप-टु-डेट राख्न र भविष्यमा आउन सक्ने वित्तीय रोकावटबाट बच्न उपलब्ध विवरणसहित आजै आफ्नो एनआईडी अपडेटको प्रयास गर्नुहोस्।

शेयर: Facebook WhatsApp X

Comments